एजेन्सी । अमेरिकी सिनेटकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको अहिले विश्वव्यापी चर्चा छ । चीनको बिरोधको बाबजुद पेलोसी मंगलबार ताइवान पुगेपछि चीन अमेरिकासँग आक्रोशित भएको छ । उसले पेलोसीको भ्रमणलाई खतरनाकको संज्ञा दिएको छ । चीनले ताइवानलाई आफ्नो अभिन्न भूभाग मान्दै आएको छ भने ताइवानले आफूलाई स्वतन्त्र देश मान्ने गरेको छ । आफ्नो अभिन्न भूभागमा…