काठमाडौं । मेक्सिकोको उत्तरपूर्वी राज्य तामाउलिपासको राजमार्गमा इन्धन बोकेको ट्यांकरले बसलाई ठक्कर दिँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ । ठक्करपछि दुवै सवारीसाधन पूर्ण रुपमा जलेर ध्वस्त भएका छन् । दुर्घटना लगत्तै राजमार्ग बन्द गरि अनुसन्धान थालिएको छ । दुर्घटनापछि ट्रकका चालक फरार रहेको र उनको खोजी भइरहेको सुरक्षा अधिकारीहरुले बताएका छन् । खराब सडक…