बंगलादेशमा २ जना रोहिंग्या समुदायका नेताको हत्या « Imagekhabar – Online News Portal of Nepal
१२ मंसिर २०७९, सोमबार | Tue Nov 29 2022


बंगलादेशमा २ जना रोहिंग्या समुदायका नेताको हत्या


91
Shares

काठमाडौं । बंगलादेशमा दुई जना रोहिंग्या समुदायका नेताको हत्या भएको छ ।

म्यामारबाट विस्थापित भई बंगलादेशको शरणार्थी शिविरमा रहेको एक समूहले उनीहरूको हत्या गरेको हो । करिब १० लाख शरणार्थी बसोबास गर्ने शिविरमा सुरक्षा व्यवस्था फितलो भएका कारण उक्त हत्याकाण्ड भएको जनाइएकाे छ । सोही शिविरको क्याम्प १३ का प्रमुख मौलवी मोहम्मद युनुसक र मोहम्मद अनवरको हत्या भएको हो ।

युनुसको घटनास्थलमै र अमवारको अस्पतालमा मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । सोही शिविरमा रहेका लागूऔषध गिरोहले पछिल्लो समय विभिन्न आतंकवादी गतिविधि गर्दै आएको छ । पछिल्लाे ३ महिनामा मात्रै शिविरमा करिब १४ रोहिंग्याहरूकोे हत्या भइसकेको छ ।

गत वर्षको तुलनामा यस वर्ष शिविरमा हत्याका घटनामा वृद्धि भएको जनाइएको छ । हत्यामा लागूऔषधको गिरोह एआरएसएको संलग्नता रहेको आशंका गरिएता पनि सोही समहूलो घटनाको जिम्मेवारी अस्वीकार गरेको छ । गत वर्षको सेप्टेम्बरमा शीर्ष रोहिंग्या नेता मोहिब उल्लाहको हत्यामा भने एआरएसए समूहले जिम्मेवारी लिएको थियो ।