काठमाडौं । चीनमा कोरोना संक्रमणको गति बढ्दै जाँदा त्यहाँका अस्पतालहरु बिरामीले भरिभराउ हुन थालेका छन् । चिनियाँ अधिकारीहरुले संक्रमितको संख्या तुलनात्मक रुपमा तलै रहेको दाबी गरिरहँदा विश्व स्वास्थ्य संगठनले चीनका अस्पतालहरु बिरामीले भरिन थालेको र आइसीयुमा बिरामी राख्न पालो पर्खनु पर्ने अवस्था रहेको जनाएको छ । डब्ल्युएचओका आकस्मिक शाखाका प्रमुख डा. माइल रायनले अस्पतालहरु भरिने…