काठमाडौं । अफगानिस्तानमा महिलाहरुलाई विश्वविद्यालय प्रवेशमा लगाइएको प्रतिबन्ध विरूद्ध प्रदर्शनमा उत्रिएका ५ जना महिलाई तालिवान सरकारले पक्राउ गरेको छ । प्रदर्शन स्थलबाट ३ जना पत्रकार पनि पक्राउ परेका हुन् । गत मंगलबार तालिवान सरकारले महिलाहरूलाई विश्वविद्यालय प्रवेशमा रोक लगाएपछि बुधबारदेखि विश्वविद्यालयका सुरक्षा गार्डहरूले पढ्न गएका महिलाहरूलाई कलेज प्रवेशमा रोक लगाएर फिर्ता पठाइरहेका छन् । बिहिबार…