एजेन्सी । ताइवानमा भारी वर्षासँगै आएको आँधीले जनजीवन प्रभावित बन्नुका साथै ४० जना घाइते भएका छन् । हाइकुई नामक आँधीले ताइवानका अधिकांश झुपडी बस्तीहरु ध्वस्त बनाएको छ । आँधीका कारण यातायात, बिद्यालय र कलेज समेत प्रभावित भएका छन् भने हवाई उडानहरु रद्द गरिएका छन् । अहिलेसम्म आँधीबाट ४० जना घाइते भएको त्यहाँका अधिकारीहरुले बताएका छन्…