एजेन्सी । भारतले सूर्यमा आफ्नो पहिलो मिसन आदित्य एल–१ नामक यान प्रक्षेपण गरेको छ । भारतले चन्द्रमाको दक्षिणी ध्रुव नजिकै यान अवतरण गरेको एक हप्ता नपुग्दै सूर्यतर्फ आज अर्काे यान पठाएको हो । आन्ध्र प्रदेशको श्रीहरिकोटको प्रक्षेपण प्याडबाट सूर्यको अध्ययनको लागि यान पठाइएको हो । यो यान पृथ्वीबाट ९३ माइलको दूरीसम्म पुग्ने भारतीय खगोलशास्त्रीहरुको अनुमान…