काठमाडौं । यस वर्षको भौतिक विज्ञान तथा औषधि विज्ञान बिधाको नोबेल पुरस्कार अमेरिकी जीव शास्त्रीद्वय कटलिन करिको र ड्रे वायसमानलाई प्रदान गरिएको छ ।
कोभिड १९ विरुद्धको प्रभावकारी खोप विकास गर्न सक्षम बनाउने न्यूक्लियोसाइडमा आधारित परिमार्जन सम्बन्धी खोज गरेको आधारमा उनीहरुलाई नाबेल पुरस्कार प्रदान गरिएको हो ।
सन् २०२० को अन्त्यमा न्यूक्लियोसाइडमा आधारित दुई अत्यधिक सफल खोपहरूको अनुमोदन गर्न कटलिन करिको र ड्रे बायसमानको भुमिका महत्वपुर्ण रहेको भन्दै पुरस्कार प्रदान गरिएको हो ।
सो खोपले कोरोना कालमा लाखौँ मानिसको ज्यान जोगाएको थियो । सन् १८९५ मा स्वीडेनका वैज्ञानिक अल्फ्रेड नोबेलको नाममा स्थापित यो पुरस्कार भौतिक शास्त्र, रसायन शास्त्र, जीवशास्त्र, साहित्य, शान्ति, चिकित्सा र अर्थशास्त्र विधानमा प्रदान गरिन्छ ।
नोबेल पुरस्कार विजेतालाई बाह्र लाख अमेरिकी डलर प्रदान गर्ने गरिन्छ ।
प्रतिक्रिया दिनुहोस्