Logo ८ आश्विन २०८३, बिहिबार | Thu Sep 24 2026


राष्ट्रपति ट्रम्पले चिनियाँ राष्ट्रपति जिनपिङलाई विमानस्थलमै पुगेर गरे स्वागत


247
Shares

एजेन्सी। चिनियाँ राष्ट्रपति सी जिनपिङ ३ दिने राजकीय भ्रमणका क्रममा अमेरिका पुग्नु भएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति जिनपिङलाई वासिङ्टनको संयुक्त सैन्य अखडा एन्ड्र्युजमा आफैं पुगेर स्वागत गर्नुभएको बीबीसीले जनाएको हाे। अमेरिकी राष्ट्रपतिले विदेशी नेतालाई विमानस्थलमै पुगेर स्वागत गर्नु असामान्य कूटनीतिक प्रोटोकल मानिन्छ । जिनपिङको यो भ्रमण एक दशक भन्दा बढी समयपछि पहिलो अमेरिका भ्रमण हो ।

भ्रमणका क्रममा ट्रम्प र जिनपिङबीच अमेरिका-चीन सम्बन्धका सबै भन्दा संवेदनशील विषयमा प्रत्यक्ष छलफल हुने अपेक्षा गरिएकाे छ । व्यापार, अमेरिकी कर तथा चिनियाँ निर्यात, दुर्लभ खनिज, कृत्रिम बौद्धिकता अर्थात् एआई, सेमिकन्डक्टर चिप, ताइवान र इरानसँग सम्बन्धित विषय प्रमुख रहेका हुन् । वासिङ्टनमा सीको भ्रमणलाई अत्यन्तै उच्चस्तरको राजकीय भ्रमणका रूपमा प्रस्तुत गरिएको छ । सीको भ्रमणको सबैभन्दा महत्वपूर्ण विषय अमेरिका-चीन व्यापार सम्बन्ध हो ।

अमेरिका र चीनबीचको व्यापार तनाव कम गर्न यसअघि भएको व्यापार युद्धविराम २ महिनापछि नोभेम्बरमा सकिँदैछ। अमेरिकी पक्षले चिनियाँ बजारमा अमेरिकी उत्पादनको पहुँच, दुर्लभ खनिजको निर्यात र व्यापार असन्तुलनका विषय उठाउने अपेक्षा गरिएकाे छ । वार्तामा ताइवानबारे दुवै पक्षले आफ्नो धारणा स्पष्ट पार्ने अपेक्षा समेत गरिएकाे हाे।