एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एआई विकासको गतिमा अंकुश लगाउने काम अमेरिकालाई अस्वीकार्य रहेको बताउनुभएकाे छ।
राष्ट्रसंघको महासभामा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएका हाे। एआई विकासलाई नियन्त्रण गर्ने विश्वव्यापी अभियानको विपक्षमा अमेरिका रहेको समेत उल्लेख गर्नुभएकाे छ । एआई अद्भुत रहेकाे बताउँदै उहाँले आर्टिफिसियल इन्टिलिजेन्सको सट्टा अब सुपर इन्टिलिजेन्स प्रयोग गर्नुपर्नेमा जाेड दिनुभयाे।
अमेरिकाले सुपर इन्टिलिजेन्सको विकासलाई अझै प्रवर्द्धन गर्ने राष्ट्रपति ट्रम्पले बताउनुभएकाे छ। अमेरिकाले सुपर इन्टिलिजेन्सको क्षेत्रमा विश्वमै अगाडि रहेकाे दावी समेत गर्नुभयाे। सुरक्षित तथा जिम्मेवार ढंगले अघि रहिरहने समेत उहाँकाे तर्क छ।
अमेरिकी नागरिकहरू कुनै पनि कुराको चुनौतीदेखि नतर्सिने राष्ट्रपति ट्रम्पकाे भनाइ थियाे।










प्रतिक्रिया दिनुहोस्