एजेन्सी । रुसको तर्फबाट युक्रेनमा युद्ध लड्दै आएको निजी सैनिक समूह वागनरले बाख्मत शहर कब्जाका लागि भएको लडाईमा आफ्ना २० हजार लडाकु मारिएको बताएको छ । वागनर समूहका प्रमुख येभ्गेनी प्रिगोजिनले बाख्मतमा झण्डै दश महिना चलेको बाख्मतको संघर्षमा २० हजार लडाकु गुमाउनु परेको बताएका हुन् । प्रिगोजिनले क्रेमलिन समर्थक रणनीतिकार कन्स्टान्टिन डोल्गोभसँगको अन्तर्वार्तामा यस्तो बताएका…