एजेन्सी । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले चन्द्रमामा अक्सिजन रहेको संकेत मिलेको दाबी गरेको छ । भारतले पठाएको चन्द्रयान–३ को प्रज्ञान रोभरले चन्द्रमाको सतहबाट पठाएका तस्वीरहरुको अध्ययन गर्दा अक्सिजन र धेरैखाले खनिज पदार्थको उपस्थिति रहेको संकेत फेला परेको इसरोले जनाएको हो । गत साता चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गरेको चन्द्रयान–३ मा रहेको प्रज्ञान रोभरले…