एजेन्सी । क्यानडाको मनिटोबा प्रान्तमा भएको सडक दुर्घटनामा कम्तिमा १५ जनाको मृत्यु भएको छ । ज्येष्ठ नागरिकहरु बोकेको बसलाई ट्रकले ठक्कर दिँदा भएको दुर्घटनामा ज्यान गुमाउनेहरु पनि अधिकांश ज्येष्ठ नागरिकहरु रहेको त्यहाँको प्रहरीले जनाएको छ । क्यान्बेरी भन्ने स्थानको राजमार्गमा उक्त दुर्घटना भएको हो । दुर्घटनालगत्तै हवाई एम्बुलेन्सका साथै दर्जन बढी एम्बुलेन्सहरु घटनास्थल पुगेका थिए…