एजेन्सी । टर्कीको उत्तर–पश्चिमी प्रान्त कनक्कलेमा दुई दिन यता जंगलमा फैलिएको डढेलो नियन्त्रणमा आएको छ । बिहीबार टर्कीका कृषि तथा वनमन्त्री इब्राहिम युमाक्लीले जंगलमा फैलिएको डढेलो नियन्त्रणमा आएको बताउनु भएको हो । उहाँले आगलागीबाट ११ वटा गाउँमा क्षति पुगेको र कयौँ घरहरुमा क्षति गरेको बताउनुभयो । आगो फैलिएसँगै ११ गाउँहरु पूर्णरुपमा खालि गराइएको थियो ।…