एजेन्सी । अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले ह्वाइट हाउसको टिम बनाउन शुरु गर्नुभएको छ । आफ्नो चुनावी अभियानका मुख्य सल्लाहकार सुजान विल्सलाई उहाँले चिफ अफ स्टाफको जिम्मेवारी दिनुभएको छ । अमेरिकामा राष्ट्रपति निर्वाचनको अन्तिम मत परिणाम आउन बाँकी छ । मत गणना सकिएपछि औपचारिक परिणाम घोषणा गर्न समय लाग्ने भएपनि जित निश्चित भइसकेकाले ट्रम्पले आफ्नो…