एजेन्सी । लेबनानको सशष्त्र समुह हिजबुल्लाहले उत्तरी इजरायलमा गरेको दुई छुट्टाछुट्टै रकेट हमलामा सात जनाको मृत्यु भएको छ । इजरायलले लेबनानमा आक्रमण शुरु गरेयता हिजबुल्लाहबाट गरिएको यो अहिलेसम्मकै घातक हमला हो । लेबनानको सिमानामा रहेको मेतुला शहर नजिकै रकेट खस्दा एक इजरायली किसान र चार विदेशी कृषि कामदारको मृत्यु भएको इजरायलका विदेशमन्त्री इजरायल काट्जले बताउनुभयो…