काठमाडौं, वैशाख २० । अमेरिकामा रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपति उम्मेदवारका आकांक्षीको दौडमा अगाडि रहेका डोनाल्ड ट्रम्पले चीनले अमेरिकालाई व्यापारिक नीतिका हिसाबले ‘बलात्कार’ गरेको गम्भीर आरोप लगाएका छन् ।ट्रम्पले चीन र व्यापारका सन्दर्भमा बलात्कार शब्द प्रयोग गरेको यो पहिलोपटक हो ।इन्डियानामा आयोजित र्यालीलाई सम्बोधन गर्दै ट्रम्पले चीन विश्व इतिहासकै सबैभन्दा ठूलो चोरीमा जिम्मेवार रहेको दाबी पनि…