प्रस्ताव पारित हुन नदिन अमेरिकाले भिटो प्रयोग नगरी मतदानमा समेत अनुपस्थित भएपछि इजरायल रुष्ट बनेको हो । यसबाट क्रूद्ध बनेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राजदूत डेन शापिरोलाई अत्प्रयाशित रुपमा आफ्नो कार्यालयमा बोलाएका छन् । विदेशमन्त्री समेत रहेका नेतन्याहुले शुक्रवार प्रस्तावको पक्षमा मतदान गरेका राष्ट्रका राजदूतहरुलाई यसअघि नै कार्यालयमा बोलाइसकेका छन् । इजरायलले प्रस्ताव पारित…