नाइजेरिया, भदौ ९ । नाइजेरियामा करिब ५० हजार बालबालिका कूपोषणका कारण मृत्युको मुखमा पुगेका छन् । संयुक्त राष्ट्रसंघीय बाल कोष ‘यूनिसेफ’का अनुसार चाड तालनजिकको क्षेत्रमा रहेका यी बालबालिका बोको हरामको सशस्त्र हिंसा र चरम खडेरीका कारण गम्भीर कूपोषणको शिकार भई मृत्युको मुखमा पुगेका हुन् । खतरामा परेका चार लाख ७५ हजारमध्ये बोको हरामले हिंसा मच्चाइरहेको…