काठमाडौं, भदौ १३ । यमनको दक्षिणी सहर एडेनमा सेनाको ट्रेनिङ क्याम्पमा गराइएको आत्मघाती आक्रमणमा कम्तिमा ६० जनाको मृत्यु भएको छ । ट्रेनिङ क्याम्प सरकार समर्थित ‘पपुलर रेजिस्टेन्स’ नामको मिलिसिया समूहले सन्चालन गरेको बताइएको छ । आक्रमणमा परी धेरै घाइते भएका छन् । यो मिलिसियाले गत वर्ष हुथी विद्रोहीलाई एडेन सहरबाहिर धपाउन भूमिका खेलेको थियो ।…