काठमाडौं, भदौ २३ । अमेरिकी राष्ट्रपति पदका रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति बाराक ओबामा भन्दा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन एक सच्चा नेता भएको बताएका छन् । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले रुसले अस्थिरताको बीउ रोपेको आरोप लगाएको केही घण्टामा नै ट्रम्पले रुसको बचाउ गर्दै भ्लादिमीर पुटिन सच्चा र क्षमतावान नेता भएको प्रतिक्रिया दिएका हुन्…