काठमाडौं, असोज १२ । अमेरिकी राष्ट्रपति पदका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले राष्ट्रपतीय बहसका सञ्चालक वरिष्ठ पत्रकार लेस्टर होल्टले पक्षपात गरेको आरोप लगाएका छन् । ट्रम्पले आफ्ना विपक्षी डेमोक्र्याटिक उम्मेदवार हिलारी क्लिन्टनलाई भन्दा आफूलाई कडा र धेरै प्रश्न सोधेर कार्यक्रम सञ्चालकले पक्षपात गरेको आरोप लगाएका हुन् । उनले आफ्नो माइक्रोफोनको आवाज सामान्य नभई तीखो बनाएको आरोप…