मस्को, असोज १४ । रुसले सिरियाको विद्रोही नियन्त्रित एलेप्पो शहरको पूर्वी क्षेत्रमा आक्रमण जारी राख्ने जनाएको छ । अमेरिकाले आक्रमण रोक्न गरेको आग्रहको बेवास्ता गर्दै रुसले विद्रोही नियन्त्रित क्षेत्रमा कारबाही जारी राख्ने जनाएको हो । रुसी राष्ट्रपति कार्यालय क्रेमलिनका प्रवक्ता दिमित्री पेशकोभले आफ्ना वायुसेनाले सिरियाली सुरक्षा बललाई दिएको समर्थन जारी रहने स्पष्ट पारेका हुन् ।…