करिब ५ लाख असन्तुष्ट प्रदर्शनकारीले विभिन्न शहरमा प्रदर्शन गरेका छन् । दक्षिणपन्थी सरकारले भ्रष्टाचारजन्य केही क्रियाकलापलाई अपराध नमान्ने गरी आपतकालीन आदेश जारी गरेपछि प्रदर्शन चर्केको हो । तर आइतबार उक्त आदेश फिर्ता लिएपनि प्रदर्शनकारी भने सरकारले संसदमा पेश गर्न लागेको संशोधित प्रस्तावप्रति पनि असन्तुष्ट देखिएका छन् । केही प्रदर्शनकारीले प्रधानमन्त्री सोरिन ग्रिन्डियनु सरकारको राजीनामा मागेका…