मुलुकको १९ औं राष्ट्रपतिको शपथ लिन लागेका मुनले मंगलबार सम्पन्न निर्वाचनमा ४१ प्रतिशत भन्दा बढी मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी होङ जोन प्योले २३ प्रतिशत मत प्राप्त गरेका छन् । उदारवादी छवी भएका मुनले मुलुकलाई एकताबद्ध बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । मुन कटुतापूर्ण सम्बन्ध रहेको छिमेकी उत्तर कोरियासँग वार्ता गर्ने पक्षमा छन् ।…