जेनेभा (स्वीट्जरल्यान्ड), पुस ५ । संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी संस्था (युएनएचसीआर)का एक महिनापहिले सुडानबाट अपहरणमा परेका दुई नेपालीसहित तीन कर्मचारी रिहा भएको संयुक्त राष्ट्रसंघले बिहीबार जनाएको छ । राष्ट्रसंघका यी तीनैजना कर्मचारीलाई एक सशस्त्र समूहले गत नोभेम्बर २७ तारिखमा सुडानको द्वन्द्वग्रस्त डाफर प्रान्तको राजधानी एल जेनैनाबाट अपहरणमा लिएको थियो । राष्ट्रसंघका शरणार्थी मामिला प्रमुख फिलिप्पो ग्रान्डीले…