नेता यादव केन्द्रीय रेल मन्त्री हुँदा होटल मर्मतका लागि दिएको टेन्डरमा घोटाला भएको भन्दै अनुसन्धान गरिरहेको सीबीआईले छापा मारेको हो । यादवको पटनास्थित घरसँगै दिल्ली, हरियाणाको गुडगाउँ, उडिसाको पुरी र झारखण्डको राँचीमा रहेका यादव परिवारको घर तथा सम्पत्तिमा शुक्रबार बिहान छापा मारिएको हो । लालुले स्टेसनसँगै रहेका भारतीय रेल्वेका होटलहरूको मर्मत र सञ्चालनका लागि दिएको…