ब्राजिलको उत्तरपूर्वी शहर नाटालमा रहेको त्यस क्षेत्रकै ठूलो एलकाकुज जेलमा कैदी बन्दीबीच झडप भएको हो । जेलमा रहेका कैदीका दुई समूहबीच झडप भएको प्रहरीले जनाएको छ । यो वर्ष मात्र ब्राजिलमा तेस्रो पटक झडप भएको हो । जनवरीको सुरुमा एमाजोनास र रोराईमा राज्यको जेलमा भएको झडपमा एक सय जना मारिएका थिए । एलकाकुज जेलबाट विस्फोट…