उत्तर कोरियाको सत्तारुढ वर्कर पार्टीको मुखपत्रलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएअनुसार अमेरिकी युद्धपोत कार्ल भिन्सनलाई एउटै हमलामा ध्वस्त पार्ने सामर्थ्य आफूसँग रहेको उत्तर कोरियाले जनाएको छ ।अमेरिकाले हालै लडाकु विमान वाहक युद्धपोत कोरियाली द्वीपमा तैनाथ गरेको हो । अखबारमा लेखिएको छ, ‘हाम्रा क्रान्तिकारी सेना परमाणु उर्जाबाट चल्ने अमेरिकी युद्धपोतलाई एउटै हमलाबाट ध्वस्त पार्ने सामर्थ्र्य राख्छन्,…