विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनवींगले सोमबार विवादित दोक्लम क्षेत्र आसपासमा निरीक्षण गर्दा भारतीय सेना उपकरणसहित पछि हटेकोे पुष्टि गरेकी हुन् । सिन्ह्वा समाचार एजेन्सीका अनुसार प्रवक्ता चुनवींगले चिनियाँ अधिकारीले २ बजेर ३० मिनेटमा उक्त क्षेत्र आसपास निरीक्षण गर्दा भारतीय सेना उपकरणसहित पछि हटेको बताइन् । करिव एकमहिना लामो सीमा विवादपछि भारतीय सेना पछाडी हटेको पुष्टि…