राष्ट्र संघले इस्लामिक स्टेटको नियन्त्रणमा रहेको रक्का शहरबाट सर्वसाधारणलाई बाहिर निस्किन दिनका लागि अस्थायी युद्धविरामको आह्वान गरेको हो । रक्कामा जारी युद्धका कारण २५ हजार सर्वसाधारण फसेको हुनसक्ने आशंका राष्ट्र संघले गरेको छ । गठबन्धन फौजसँग भीषण लडाइँ भइरहँदा आइएस लडाकुले सर्वसाधारणलाई शहर छोडेर जान नदिने प्रयास गरिरहेका छन् । राष्ट्रसंघले हवाई हमला गरिरहेको गठबन्धन…