उक्त प्रान्तका प्रान्तीय प्रवक्ताले शुक्रबार (आज) अपरान्ह सो विस्फोट भएको जनाकारी दिएका छन् । बाला बुलुक जिल्लाको पेवा पासे इलाकामा बिहीबार (हिजो) सो विस्फोट भएको थियो । तालिवान आतंककारी समूहले सुरक्षाबलको नासिर मेरीमा रहेको आखडालाई आक्रमण गर्ने योजना बनाइरहेको अवस्थामा सो विस्फोट भएको थियो । आत्मघाती आक्रमणको लागि ज्याकेट तयार गर्दै गरेका आक्रमणकारीबीच भएको यस…