पाकिस्तानका पूर्वप्रधानमन्त्री शरीफविरुद्ध अदालतमा आरोप तय • Image Khabar Image Khabar


पाकिस्तानका पूर्वप्रधानमन्त्री शरीफविरुद्ध अदालतमा आरोप तय


Imagekhabar
२ कार्तिक २०७४, बिहीबार १५:०७

पाकिस्तानका पूर्वप्रधानमन्त्री शरीफविरुद्ध अदालतमा आरोप तय

बिहीबार अदालतले पूर्व प्रधानमन्त्री शरीफसँगै उनकी छोरी मरियम र ज्वाई अवकाश प्राप्त क्याप्टेन मोहम्मद सफदरविरुद्ध पनि आरोप तय भएको हो ।

उनीहरु विरुद्ध अन्य दुई मुद्दामा पनि बिहीबार नै आरोप तय हुने सम्भावना छ ।

६७ वर्षीय शरीफलाई गत जुलाई महिनामा सर्वोच्च अदालतले अज्ञात स्रोतबाट अघोषित आयको मामलामा प्रधानमन्त्री पदमा रहन अयोग्य ठहर गरेको थियो । अदालतको सो फैसलापछि उनले प्रधानमन्त्री पदबाट राजीनामा दिनु परेको थियो ।

शरीफ हाल लन्डनमा छन् भने उनकी छोरी पाकिस्तान मै छिन् । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्