शुक्रबार (आज) बिहानै गरिएका केही ट्वीट सन्देशमा राष्ट्रपति ट्रम्पले पदीय हैसियतमा गरिएका कुराकानीलाई सञ्चारमाध्यमसमक्ष नलान भनेका हुन् । ट्रम्पले निलम्वनमा परेका पूर्व एफबीआई प्रमुख कोमीलाई उनी पदमा रहेका बेला भएका कुराकानी रेकर्ड भएको हुनसक्ने बताउँदै सबै विवरण सञ्चारमाध्यमलाई नदिन चेतावनी दिएका हुन् । कोमीलाई निलम्वन गरेकोमा आएका आलोचना र सञ्चारमाध्यममा आएका प्रतिक्रियाप्रति लक्षित गर्दै ट्रम्पले…