एएफपीका घटनास्थलमा उपलब्ध सम्वाददाताले जनाएअनुसार सोमबार (आज) साँझ समाचार तयार पार्दासम्म ३१२ जनाको मृत शरिरलाई घटनास्थलबाट स्थानीय एक अस्पतालमा पुर्याइएको छ । सियरा लिओनको राजधानी फ्रिटाउनको पश्चिमी भाग रेजेन्टमा दर्जनौं घरहरू पुरिएका जनाउदै उनले सो ठाउँमा सयौँ मानिस पुरिएको प्रारम्भिक जानकारी रहेको जनाएका छन् । व्यापक बर्षापछि ठूलो पहाड मानवबस्तीमा खस्दा सयौँको माटोले पुरिएर निधन…