मेक्सिकोको खाडी क्षेत्रमा रहेको हार्वे तुफान टेक्सासतर्फ लागेकाले सचेत रहन त्यहाँको सरकारले चेतावनी दिएको हो । तुफानका कारण ठूलो क्षति हुन सक्ने चेतावनी दिइएको छ । टेक्सासका गभर्नर ग्रेग एबटले हार्वे तुफान निकै ठूलो त्रासदी बन्ने खतरा रहेको बताएका छन् । हार्वे तुफान स्थानीय समय अनुसार शनिबार बिहानसम्ममा टेक्सासको तटीय क्षेत्रमा ठोक्किन अनुमान गरिएको छ…