गोली लागेर अरु चार जना घाइते भएका छन् । डेनवरको दक्षिणी क्षेत्र हाइल्याण्डस् रान्चस्थित अपार्टमेन्टमा धन्धाधुन्ध गोली प्रहार भएको हो । घटनामा दुईजना सर्वसाधारण पनि घाइते भएको स्थानीय अधिकारीले जनाएका छन् । अपार्टमेन्टमा दुई पुरुष रुममेटबीच झगडा भएको थाहा पाएपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी आएको र घटनाले गोलीकाण्डको रुप लिएको हो…