कोलोराडोमा गोली प्रहारबाट एक प्रहरीको मृत्यु, चार जना घाइते • Image Khabar Image Khabar


कोलोराडोमा गोली प्रहारबाट एक प्रहरीको मृत्यु, चार जना घाइते


Imagekhabar
१७ पुष २०७४, सोमबार ०७:२७

कोलोराडोमा गोली प्रहारबाट एक प्रहरीको मृत्यु, चार जना घाइते

गोली लागेर अरु चार जना घाइते भएका छन् । डेनवरको दक्षिणी क्षेत्र हाइल्याण्डस् रान्चस्थित अपार्टमेन्टमा धन्धाधुन्ध गोली प्रहार भएको हो ।

घटनामा दुईजना सर्वसाधारण पनि घाइते भएको स्थानीय अधिकारीले जनाएका छन् । अपार्टमेन्टमा दुई पुरुष रुममेटबीच झगडा भएको थाहा पाएपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए ।

त्यसपछि प्रहरी आएको र घटनाले गोलीकाण्डको रुप लिएको हो । प्रहरीलाई लक्षित गरी अपार्टमेन्टमा बस्ने आक्रमणकारीले अन्धाधुन्ध गोली चलाएका थिए ।

प्रहरीले गरेको कारबाहीमा आक्रमणकारीको पनि मृत्यु भएको छ । अमेरिकामा गोलीकाण्डमा ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ ।

सन् २०१७ मा मात्रै अमेरिकामा बन्दुककै कारण १५ हजार मानिसको मृत्यु भएको छ । यस्तै अमेरिकामा विभिन्न हतियार प्रयोग गरेर २२ हजार जनाले आत्महत्या गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्