इरान सरकारको समर्थन र विरोधमा प्रदर्शन, हजारौं नागरिक समर्थनमा • Image Khabar Image Khabar


इरान सरकारको समर्थन र विरोधमा प्रदर्शन, हजारौं नागरिक समर्थनमा


Imagekhabar
१५ पुष २०७४, शनिबार १७:०८

इरान सरकारको समर्थन र विरोधमा प्रदर्शन, हजारौं नागरिक समर्थनमा

भ्रष्टाचार र आधारभूत अधिकारको मुद्धा उठाएर शुक्रबार (हिजो) प्रदर्शनकारीहरुले सरकारविरुद्ध प्रदर्शन गरेको एकदिनपछि शनिबार (आज) दशौं हजार मानिस सरकारको समर्थन गर्दै र्‍यालीमा उत्रिएका हुन् ।

दुई दिनदेखि भएको सरकार विरोधी प्रदर्शनका क्रममा दर्जनौं नागरिक पक्राउ परेका छन् । शुक्रबारको र्‍याली आठ वर्षअघि गरिएको विशाल सडक प्रदर्शनमा भएको सरकारी दमनको वर्ष गाँठको अवसर पारेर निकालिएको हो ।

मुलुकको दोस्रो चर्चित शहर मश्हादमा बिहीबार मूल्य वृद्धिको विरोधपछि प्रदर्शन राजधानी तेहेरानलगायत दर्जनौं शहरमा फैलिएको छ । इरानी अधिकारीहरुले क्रान्ति विरोध र विदेशी एजेन्टहरुमाथि आरोप लगाउंदै प्रदर्शनकारीहरुमाथि कठोर रुपमा प्रस्तुत हुने जनाएका छन् ।

अमेरिकाले प्रदर्शनका सम्बन्धमा इरानी सरकारको व्यवहार नियालिरहेको जनाएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्