काबुलस्थित पश्चिम क्षेत्रमा रहेको सिया सांस्कृतिक तथा धार्मिक संगठनको तवावन सांस्कृतिक केन्द्रमा बिहीबार गराइएको शृंखलाबद्ध आत्मघाती विस्फोटमा ४० जना मारिनुका साथै अरु ३० जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता नसरत रहिमीले एएफपीलाई भने, ‘आक्रमण तवावन सांस्कृतिक केन्द्रमा लक्षित थियो । अफगानिस्तानमा सोभियत संघले गरेको आक्रमणको ३८ औं वर्षगाँठमा आयोजित एक कार्यक्रममा आक्रमणकारीहरुले शृंखलाबद्ध आत्मघाती…