काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले दिएको रात्रिभोजमा सहभागी हुनु भएको छ । राष्ट्रपति भवनको प्राङ्गणमा आइतबार राति आयोजना गरिएको विशेष समारोहमा प्रधानमन्त्री मोदीले तेस्रो कार्यकालका लागि पद तथा गोपनीयताको शपथ लिएपछि राष्ट्रपति मुर्मुले रात्रिभोजको आयोजना गर्नुभएको हो । रात्रिभोजका अवसरमा प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री मोदीबीच संक्षिप्त कुराकानी भएको जनाइएको छ…