२७ मंसिर २०८१, बिहिबार | Thu Dec 12 2024


भेनेजुएलाको अर्जेन्टाइनी दुतावास सुरक्षकर्मीको घेराबन्दीमा


533
Shares

एजेन्सी । दक्षिण अमेरिकी मुलुक भेनेजुएलामा राजनीतिक अस्थिरता बढ्दै गएको छ । राष्ट्रपति निकोलस मादुरोको आलोचना गर्ने विपक्षी नेताहरुलाई अर्जेन्टाइनी दुतावासले शरण दिएपछि त्यहाँको स्थिति खलबलिएको हो ।

भेनेजुएलाको राजधानी काराकसमा रहेको अर्जेन्टिनाको दूतावासले राष्ट्रपति मादुरोको विरोध गर्ने ६ जना विपक्षी नेताहरुलाई आश्रय दिएको छ । यसको विरोधमा सरकारी सुरक्षा फौजले दुतावासलाई घेरा हालेका छन् । विपक्षी नेताहरुले भेनेजुएलामा आफुहरु मादुरोको “घेराबन्दी’’मा परेको बताएका छन् ।

भेनेजुएलाको राष्ट्रपति चुनावको नतिजाका कारण अर्जेन्टिना र भेनेजुएलाबीचको कूटनीतिक सम्बन्ध बिग्रिएको छ । भेनेजुएलाका राष्ट्रपति मादुरोको लगातार तेस्रो जितलाई अर्जेन्टिनाले मान्यता दिएको छैन ।

अमेरिका, बेलायतलगायतका देशहरुले पनि चुनावी परिणामलाई विवादास्पद भनेका छन् । भेनेजुएलाको विपक्षी दलले आफ्ना नेता एडमन्डो गोन्जालेजले चुनाव जितेको दावी गरिरहेको छ ।