Logo १ फाल्गुन २०८२, शुक्रबार | Sat Feb 14 2026


अमेरिकामा घातक सुइ लगाएर मृत्युदन्ड

वासिङटन, कात्तिक १३ । अमेरिकाको साउथ डकोटा राज्यमा कारागारका सुरक्षागार्डको हत्यामा दोषी पाइएका ५६ वर्षीय एकजना अमेरिकीलाई घातक सुइ लगाएर सोमबार मृत्युदन्ड दिइएको छ । रोड्नी बर्गेट नामका ती व्यक्तिले सन् २०१२ मा जेल तोडेर भाग्ने असफल प्रयासमा जेलका एकजना सुरक्षागार्डको हत्या गरेका थिए । उनी दुईओटा हत्या प्रयास र एउटा बलात्कारमासमेत दोषी पाइएको थियो…