काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो ड्रोन आक्रमणबाट जोखिएका छन् । भेनेजुएलाको सेनाको ८१ औं वार्षिकोत्सवका अवसरमा राजधानी काराकासमा गरिएको कार्यक्रमलाई सम्बोधन गरिरहेका बेला राष्ट्रपति मदुरोमाथि विस्फोट हुने ड्रोन आक्रमण भएको हो । यो कार्यक्रम टेलिभिजनबाट प्रत्यक्ष प्रसारणसमेत भइरहेको थियो । राष्ट्रपतिले सम्बोधन गरिरहेका बेला कार्यक्रमस्थलमा एक्कासी दुई वटा ड्रोन प्रवेश गरेको र त्यसलाई राष्ट्रपतिसहित…