काठमाडौं, असार ३१ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओलीले दिएको अयोध्याको अभिव्यक्तिबारे धारणा प्रष्ट गर्न सरकार र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँग माग गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्ति र ब्यवहारप्रति गम्भीर विमति रहेको उल्लेख गर्नुभएको हो । प्रधानमन्त्री पद देशको संस्कार, संविधान र संवेदनशीलताभन्दा…