देशभर अझै केही दिन लगातार बर्षा हुने, पहिरो र डुबानको खतरा • Image Khabar Image Khabar


देशभर अझै केही दिन लगातार बर्षा हुने, पहिरो र डुबानको खतरा


Imagekhabar
२८ असार २०७७, आईतवार ०८:४६

देशभर अझै केही दिन लगातार बर्षा हुने, पहिरो र डुबानको खतरा

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले देशभर अझै केही दिन लगातार वर्षाको संभावना रहेकोले सतर्क रहन आव्हान गरेको छ ।

वर्षाका कारण नदीहरुमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने तथा डुबान हुने भन्दै सतर्क रहन आग्रह गरेको हो ।

वर्षाका कारण सडक तथा हवाई यातायात सेवासमेत प्रभावित हुने भन्दै आवश्यक सतर्कता अपनाउन विभागले सबैसमक्ष आग्रह गरेको छ ।

प्रदेश १, प्रदेश २, वागमती प्रदेश र गण्डकी प्रदेशमा तुलनात्मक रुपमा बढी वर्षाको सम्भावना रहेकोे छ ।

मौसमविद्हरुका अनुसार निरन्तरको वर्षाले माटो गलिसकको हुँदा अब ठूलो वर्षा नभएपनि पहिरोको खतरा बढेको छ ।

आज देशका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेशका थोरै स्थान तथा गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको हुँदा नदीजन्य प्रकोपका घटनाहरु हुनसक्छन् ।

प्रतिक्रिया दिनुहोस्