काठमाडौं । खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले सरकारले वास्तविक किसानलाई नछुने नीति बनाएर किसानहरुको पहिचानमाथि नै प्रहार गरिरहेको आरोप लगाउनुभएको छ । आइतबार खाद्यका लागि कृषि अभियानले काठमाडौंमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै संयोजक अधिकारीले यस्तो बताउनुभएको हो । उहाँले कृषिलाई दीर्घकालीन रुपमा अगाडि बढाउने कुरामा स्थानीय सरकारहरुको दीर्घकालीन दृष्टिकोण नदेखिएको बताउनुभयो ।…