![](https://www.imagekhabar.com/wp-content/uploads/2024/12/durghatana-syangja.jpg)
स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिका– ३ मा मंगलबार राति ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
कालीगण्डकी–३ को बिर्घा–मिर्मी पक्की भित्री सडकखण्डमा आलमबाट बिर्घातर्फ जाँदै गरेको लु. ४ त. ७८३१ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई सडकबाट झण्डै ४० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी निरीक्षक उमेशलाल श्रेष्ठले जानकारी दिनुभयो ।
दुर्घटनामा बाराको गढीमाई नगरपालिका–११ बस्ने अन्दाजी २२ वर्षीय सब्दुल अन्सारीको मृत्यु भएको छ । अन्सारीलाई ट्रयाक्टरले च्यापेको थियो । उहाँको घटनास्थलमा नै मृत्यु भएको कालीगण्डकी–४ का वडा अध्यक्ष यादवप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
सिरक–डसना बनाउने मेसिन जोडेको ट्रयाक्टर दुर्घटनामा परी बाराको कलैया उपमहानगरपालिका–१० का २४ वर्षीय अर्जुन शाह र कलैया–११ का २६ वर्षीय सलाम मुदिन मन्सुरी गम्भीर घाइते भएका छन् । उनीहरु दुवै जनाको कालीगण्डकी अस्पताल मिर्मी स्याङ्जामा सामान्य उपचार पछि थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा पठाइएको जिल्ला प्रहरी कार्यलय स्याङ्जाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्