काठमाडाैं । जेनजी युवाकाे आन्दोलनपछि बनेको अन्तरिम सरकार एक हप्तासम्म पनि मन्त्रिपरिषद विस्तारमा अलमलिरहेकाे छ । प्रधानमन्त्री सुशीला कार्कीकाे काँधमा अधिकांश मन्त्रालयको जिम्मेवारी रहेकाे हाे । १०-११ सदस्यीय मन्त्रीमण्डल गठन गर्ने बताउनुभएकी प्रधानमन्त्री कार्कीले तीन जना मन्त्री नियुक्त गरेता पनि बाँकी मन्त्रीको अझै टुंगाे लागेको छैन । लामो समय प्रशासनीक जिम्मेवारीसहितका कार्यकारी निकाय मन्त्री बिहीन…