Logo २५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026


तलब, भत्ता र सुविधा बापत आउने सबै रकम शहीद कोषलाई दिने ऊर्जामन्त्री घिसिङकाे घाेषणा


3.8k
Shares

काठमाडौं । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक तथा शहरी विकास मन्त्री कुलमान घिसिङले तलब, भत्ता र सुविधा बापत आउने सबै रकम जेनजी आन्दोलनमा शहीद भएका नाममा खडा हुने कोषलाई दिने बताउनुभएकाे छ।

सिंहदरबारमा सोमबार पदभार ग्रहण गर्दै उहाँले असामान्य परिस्थितिमा आफू मन्त्री बनेको हुँदा पदमा बसेर पाउने सबै रकम कोषलाई दिने निर्णय गर्नुभएकाे हाे । सरकारबाट पाउन अन्य सेवा सुविधा पनि कम मात्रै लिने उहाँको आशय छ । सुरक्षाका कारण देखाइ उहाँले सुरक्षाकर्मी र आवास भने प्रयोग गर्ने बताउनुभयाे ।

सुरक्षाका लागि आवश्यक सुरक्षाकर्मी र आवास बाहेक अन्य कुनै सेवा सुविधा नलिने उहाँले बताउनुभयाे । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा घिसिङले ऊर्जासहित, भौतिक पूर्वाधार र शहरी विकास मन्त्रालयको जिम्मेवारी पाउनुभएकाे छ ।